काठमाडौं । काठमाण्डौ जिल्ला अदालतले काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश दिएकाे छ ।
मंगलबार बिहान निजी निवासबाट पक्राउ परेका रिजाललाई हाजिरी जमानीमा छाड्ने आदेश भएको हो ।
उनलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको थियो ।
कार्की आयोगको प्रतिवेदन कायान्वयनको सिलसिलामा परिसरद्वारा पक्राउ गरि जिल्ला अदालतमा अनुसन्धानका लागि म्याद थपका लागि पेश हुँदा उनलाई हाजिरी जमानीमा छाड्ने आदेश आएको हो ।

