काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
“सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः” भन्दै सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिएका छन् ।
उनले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, शुभता र निर्विघ्न जीवनको आशा ल्याओस् भन्ने कामना व्यक्त गरेका छन्। साथै, कसैले पनि दुःख भोग्न नपरोस् भन्ने भावनासहित समग्र देशमा शान्ति र समृद्धि कायम रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

