काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टीका समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन्। आज (बुधबार) समानुपातिक सांसदसित अन्तर्कृयाको कार्यक्रम तय गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजे आयोजित कार्यक्रममा सांसदहरूले आफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती र समाधानका उपायबारे धारणा प्रस्तुत गर्नेछन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गर्दै नीति निर्माण र कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

