काठमाडौं । नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन मरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले मरिसस र सिङ्गापुरका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश, क्षेत्रीय एकीकरण तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री एच.ई. धनञ्जय रामफल र सिङ्गापुरका विदेश तथा सामाजिक एवं पारिवारिक विकास राज्यमन्त्री एच.ई. जुल्कर्नाइन अब्दुल रहीमसँग शनिबार भेट गरेका हुन्।
भेटमा नेपाल र ती दुवै देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने, क्षेत्रीय सहकार्य अभिवृद्धि गर्ने तथा द्विपक्षीय हित र साझा चासोका विषयमा व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

