काठमाण्डौ । इजरायली सेनाले इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) द्वारा सञ्चालित तेहरानस्थित एक विश्वविद्यालयमा आक्रमण गरेको जनाएको छ।
इजरायली सेनाद्वारा जारी विज्ञप्तिअनुसार हालैका दिनहरूमा आईआरजीसीको केन्द्रीय सैन्य पूर्वाधारमध्ये एक मानिएको इमाम हुसेन विश्वविद्यालय परिसरलाई लक्षित गरी आक्रमण गरेको हो।
विश्वविद्यालयभित्र रहेको आईआरजीसीको प्रमुख सैन्य शैक्षिक संस्थाले इरानका सैन्य निकायहरूका लागि आपतकालीन उपकरण आपूर्तिमा भूमिका खेल्ने बताइएको छ।
इजरायली सेनाले युद्धका क्रममा विश्वविद्यालयभित्र रहेका सैन्य पूर्वाधारहरूमा पटक–पटक आक्रमण गरेको र यसबाट इरानको हतियार उत्पादन तथा विकास क्षमतामा ठूलो क्षति पुगेको दाबी गरेको छ।
साथै विश्वविद्यालय परिसरअन्तर्गत रहेको रसायन विज्ञान केन्द्र, मेकानिक्स तथा विकास समूहको प्रविधि र इन्जिनियरिङ केन्द्रमुनि रहेका सुरुङहरू समेत नष्ट गरिएको जनाएको छ।
सुरुङहरू हतियार विकासका लागि प्रयोग हुने गरेको इजरायली सेनाको दाबी छ।

