नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएकाे छन । सभापतिको दोस्रो चरणको मतदानमा निधिले देउवालाई सहयोग गर्ने बताए ।
यसअघि नेता प्रकाशमान सिंहलाई भेटेका थिए। सिंहले देउवालाई समर्थन गर्ने सभापतिको पहिलो चरणको चुनावमा निधिले २ सय ४९ मत पाएका थिए ।
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि बेलुका साढे सात बजेसम्म राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा तोकिएको मतदान केन्द्रमा हुनेछ ।

