नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । १४औंँ महाधिवेशन सभापतिमा पुनः दावी गर्दै आएका देउवाले सहमति हुन नसके प्रजातान्त्रिक प्रक्रिया (चुनाव)बाट प्रतिस्पर्धामा जाने बताए ।
बिहीबार डा. प्रकाशहरण महतले लेखेको पुस्तक नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक सार्वजनिक गर्दै देउवाले प्रतिस्पर्धाबाट हुने हार–जीतलाई स्वाभाविक रुपमा लिर्नुपर्ने बताए ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति एवम् शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उनले बताए ।
देउवाले भने, हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौं । केही लागेन भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा पनि होला । प्रतिस्पर्धामा जितहार हुन्छ । हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यसलाई सामान्य प्रक्रियालाई लिएर कुनै पनि प्रकारको कटुता नआओस् ।
महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौं आएका नेता-कार्यकर्ताहरू उस्तै उत्साह बोेकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आह्वान गरे ।
१४औं महाधिवेशन नेपाली कांग्रेस र प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सभापति देउवाले भने, ‘यसलाई सफल पारेर फर्किएर यो पार्टीलाई बलियो बनाएर कांग्रेसलाई बहुमत पार्टी बनाउन लाग्न साथीहरू लाग्नेछन् ।

