नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणसिंह राठौर विजयी भएका छन्। सोमबार सम्पन्न निर्वाचनमा संस्थापन पक्षका राठौर ८८० मतसहित निर्वाचित भए।
उनले भुवनेश्वर चौधरीलाई २२ मत अन्तरले पराजित गरेका हुन्। चौधरीले ६७८ मत प्राप्त गरे। बर्दियामा १ हजार ६२२ मतदाता संख्या रहेकोमा १ हजार ५७८ मत खसेको थियो।
उपसभापतिमा संस्थापन पक्षकै सोदे विष्ट र गोविन्दप्रसाद थारु , सचिवमा जग्गाप्रसाद पाण्डे र मीनराज चौधरी र सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन्।

