गीत : ए झरी
रचना / सङ्गीत : चीरन पुन
ए झरी !
नझरिदेउ यसरी,
बेहाल छ, झुप्रे घरको,
पानी चुहिन्छ, अनि गारो भत्किन्छ
ए झरी !
नझरीदेउ यसरी ।
ए खोली !
नबगीदेउ यसरी,
बेहाल छ, सुर्के बारीको,
मनको तार चुडिन्छ, बाच्ने आशा भत्किन्छ,
ए खोली !
नबगीदेउ यसरी ।।
ए हावा !
नचलिदेउ यसरी
बेहाल छ नाङ्गो शरिरको,
छोरा, छोरी पनि नाङ्गै छ्न, जिन्दगी पनि नाङ्गो छ,
ए हावा !
नचलिदेउ यसरी ।।।
ए समय !
नकुदिदेउ यसरी,
बेहाल छ, निर्धा जिवनको,
पुग्दैन आँसु बटुल्न, हुदैन पीडा समाल्न ।
ए समय !
नकुदिदेउ यसरी ।
११ असार, २०८३ ।

