गणतन्त्र आयो
रचना / सङ्गीत : चीरन पुन
गणतन्त्र आयो !
बजारमा मूल्य घट्यो कि घटेन,
के भयो भन !
मुगुमा चामल पुग्यो कि पुगेन,
लोकतन्त्र आयो !
रोजगार देशमा खुल्यो कि खुलेन
के भयो भन !
सस्तोमा उपचार जनताले पाए कि पाएनन ।
के भयो जेठी,
छाउपडी प्रथा हट्यो कि हटेन,
लौ भन माइली,
दाइजो प्रथा टुट्यो कि टुटेन ।
के भयो साइली,
बलात्कारी जेल पर्यो कि परेन,
लौ भन काईली,
चेलीबेटी बेचबिखन अन्त्य भयो कि भएन ।।
के भयो सेते,
सिमाना मिच्न छोडे कि उस्तै छ,
के भयो भन,
बिदेशी हप्की हट्यो कि उस्तै छ,
लौ भन बाले,
राष्ट्रघात हुन छोड्यो कि उस्तै छ,
के भयो रबे,
स्वाधीनता देशमा आयो कि उस्तै छ ।।।।
के भयो भन
भ्रस्टाचार अन्त्य भयो कि भएन
लौ भन अब
जनताले अधिकार पाए कि पाएनन
के भयो भन
शुशासन देशमा आयो कि आएन
लौ भन छिट्टै
समृद्धिको बाटो खुल्यो कि खुलेन ।।।।।।
८ जेष्ठ, २०८३ ।

