नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित सदस्यहरुले बुधबार एक समारोहबीच शपथ ग्रहण गरेका छन् ।
मनाेनित सदस्यहरूलाई आज ललितपुरकाे च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठानकाे भवनमा आयाेजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएकाे हाे ।
मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू छन् भने ३७ जना नयाँ छन् ।
यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएका थिए
एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
एमालेको विधानमा भएको व्यवस्थाअनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको हो । सपथ ग्रहणपछि अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

