हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा बढी अवधिदेखि विशिष्ट पहिचान बनाइ ‘महजोडी’को रुपमा चिनिनुभएका कलाकार हरिवंश आचार्यलाई र मदनकृष्ण श्रेष्ठलाई नेपाल टेलिकमले सद्भावना दूत नियुक्त गरेको छ ।
नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्वय आचार्य र श्रेष्ठ तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गर्नुभयो ।
कम्पनीका सद्भावना दूतद्वय आचार्य र श्रेष्ठले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको दूत हुन पाएकामा आफूहरुले गौरवान्वित महसुस गरिरहेको बताए ।
