नेपाली कांग्रेसको पदाधिकारीको मतगणना सुरु भएको छ । निर्वाचन समितिको भर्खरै सम्पन्न बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। उपसभापति पदको मतगणना सुरु गर्ने तयारी गरिएको छ।आजै उपसभापतिको मतगणना हुनेछ ।
दुईजना उपसभापति पदका लागि सातजना प्रतिष्पर्धामा छन्। सभापति शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला प्यानलबाट डा.चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाको उम्मेदवारी छ।

