सुखेपोखरीस्थित मेची राजमार्गमा मंगलबार दिउँसो भएको मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । दिउँसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो ।
घाइतेहरूलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो । सो क्रममा माईजोमाई गाँउपालिका– ४ का ७६ वर्षीय रामप्रसाद तिमल्सिना र माईजोमाई-३ का ४० वर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । चालकसहित आठ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
