नेपाल विद्यार्थी संघकी उपाध्यक्ष तुलसा पन्तले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्।दमकमा पार्टीका स्थानीय नेता कार्यकर्ताहरूको उपस्थितिमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्।
कमल गाउँपालिका घर भएका उनी १६ वर्षदेखि काठमाडौंमा बसेर नेविसंघमा राजनीतिक गर्दै आएकी छिन्। पद्यकन्या क्याम्पसमा पढेकी उनी स्ववियु कार्यसमिति सदस्य हुँदै उपसभापतिसम्म बनेकी थिइन्।
महिला सहभागिता ३३ प्रतिशत अनिवार्य भएकाले यसको व्यवहारिक रुपमा नै कार्यान्वयनका लागि आफूले उम्मेदवारी घोषणा गरेको उनले बताइन्। तुलसा आफू शैक्षिक पृष्ठभूमिबाट राजनीतिमा आएका कारण आफ्नो पहिलो प्राथमिकता शैक्षिक मुद्दाहरू हुने बताइन्।

