नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा स्वास्थ्य मापदण्ड अन्तर्गत एन्टीजेन परिक्षणको व्यवस्थासहितको स्वास्थ्य सेवा उपलब्ध गराईने भएको छ। स्वास्थ्य समिति संयोजक केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका अनुसार समितिले सभास्थललाई निर्मलिकरण गर्ने, मास्क र स्यानीटाईजरको व्यवस्था मिलाउने लगाायतका काम गरिरहको छ।
अहिलेसम्म पर्याप्त मात्रामा मास्क,स्यानीटाईजर लगाायतका स्वास्थ्य सामग्रीको ब्यबस्थापन भईसकेको उनले बताए। त्यस्तै महाधिबेशन अबधिका ३ वटा एम्बुलेन्स स्ट्यान्डबाई राखिनेछ। आवश्यकता अनुसार एम्बुलेन्स प्रयोगमा ल्याईनेछन्।
स्वास्थ्य परिक्षणका लागि ४ कोठे अस्थायी भवन निर्माण गर्न लागिएको छ। महाधिबेशन अबधिमा कोरोना भ्याक्सिनको पनि व्यवस्था गरिएको बस्नेतले जानकारी दिए । उनले उपचारका लागि वीर अस्पताललाई ‘फोकल अस्पतालको रुपमा तोकेर स्वास्थ्य सेवा उपलब्ध गराईने जानकारी दिए।

