प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेका सर्वोच्च बारका र नेपाल बारका पदाधिकारीसहित वकिलहरुले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन्।
एमालेलाई पनि महाअभियोगमा मनाउन बार नेतृत्वको टोलीले आज अपरान्ह साढे १२ बजे अध्यक्ष ओलीलाई भेट्न लागेको बारका महासचिव लिलामणि पौडेलले जानकारी दिए।
एमाले सहमत नभएसम्म महाअभियोग पारित नहुने र प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनले महाअभियोग लगाएमा एमालेले परमादेश जारी गर्ने अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग लगाउने निश्चित रहेकाले ओलीलाई मनाउन बारका प्रतिनिधिहरुले भेट्न लागेका हुन्।आन्दोलनकारी वकिल र बार नेतृत्व केपी ओलीका विरोधी मानिन्छन्।
