काठमाडौं, मङ्सिर २९ गते । नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। मङ्सिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री समेत रहेका देउवा निर्वाचित भएका हुन् ।
सभाापति पदका लागि दोस्रो चरणममा भएको मतदानमा देउवाले २७ सय ३३ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उनको प्रतिस्पर्धी डा. शेखर कोइरालाले१८ सय ५५ मत प्राप्त गरेका छन् ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । दोस्रो चरणको मतदानमा चार हजार ५६३ मत खसेको थियो । सभापतिका लागि तीन वटा मतपेटीकामा मत खसालिएको थियो ।

