नेपाली काँग्रेसले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएका हुन् । काँग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ ।
काँग्रेसले बुधबार विहान पार्टीको वेभसाइटमार्फत् केन्द्रीय निर्वाचन समितिमा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।
काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ गते अर्थात् शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

