नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन्। बिहीबार सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा गरिएको मतगणना परिणामअनुसार दुई महामन्त्री पदमा थापा र शर्मा निर्वाचित भएका हुन्। थापाले सबैभन्दा बढी ३०२३ र शर्माले १९८४ मत प्राप्त गरेका छन्।
यस्तै, महामन्त्रीमा उम्मेदवार रहेका प्रकाशशरण महतले १५५०, प्रदीप पौडेलले १४०९, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन्।

