बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरिएको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनः भरतपुरमै अवतरण गरेको हो।
नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दीपक विकका अनुसार दिउँसो १:१६ बजे आकाशमा उड्नेबित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो। जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन्। अन्य कारणका बारेमा खोजी भइरहेको उनले जानकारी दिए।
