नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनबाट नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन्।
निवर्तमान सभापति विनोदकुमार बस्नेतलाई १४२ मत अन्तरले पछि पार्दै शेर्पा विजयी भएका हुन्।
मंगलबार सम्पन्न मतदानमा ८९७ मत खसेको थियो। उक्त मतमध्ये सोलुदुधकुण्ड नगरपालिकाका मेयरसमेत रहेका शेर्पाले ५१३ र निवर्तमान सभापति बस्नेतले ४७१ मत प्राप्त गरेका थिए।
पहिलो चरणको निर्वाचनमा ८८२ मत खस्दा बस्नेतले ४२८ र शेर्पाले ४१८ मत प्राप्त गरेका थिए भने अर्का उम्मेदवार रामबहादुर बस्नेतले ५ मत प्राप्त गरका थिए। अघिल्लो मतपरिणामअनुसार १० मत अन्तरले अगाडि रहेका बस्नेत दोस्रो चरणको निर्वाचनमा भने १४२ मत अन्तरले हार बेहोरेका छन्।

