काठमाडौं, मङ्सिर १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन्। नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डप भएको पहिलो एकता महाधिवेशनबाट अत्याधिकमतले राप्रपा अध्यक्षमा निर्वाचित भएका राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले जानकारी दिए । उनका प्रतिद्वन्द्वी कमल थापाले अध्यक्षमा विजयी हुनु भएकाेमा लिङ्देनलाइ बधाइ दिएका छन्।
राप्रपा अध्यक्षमा लिङ्देन १८ सय १७ मतसहित विजयी यसैगरी, राप्रपाको एकमहिला सहित तीन उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुव प्रधान, विक्रम पाण्डे र रोशन कार्की विजयी भएका छन् । राप्रपा उपाध्यक्षमा नौ जना प्रतिद्वन्द्वीबीचमा प्रतिस्पर्धा भएको थियो ।
राप्रपा महामन्त्रीमा कुन्ती शाही, भुवन पाठक र धवल शमशेर राणा विजयी भएका छन् । महामन्त्रीका लागि छ उम्मेदवारबीचमा प्रतिस्पर्धा भएको थियो ।
राप्रपा उपाध्यक्ष खुला तर्फबाट विजयी विक्रम पाण्डेले २५ सय २१, बुद्धिमान तामाङले १९ सय ४४, ध्रुवबहादुर प्रधानले १८ सय १४ र महिला उपाध्यक्षमा विजयी रोशन कार्कीले १५ सय ८९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
महिला महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित
राप्रपा महामन्त्री खुला तर्फबाट विजयी धवल शमशेर राणाले २२ सय २१, भुवनन पाठकले १७ सय पाँच प्राप्त गरेका छन् । महिला महामन्त्रीमा दुई हजार आठ मतसहित कुन्ती शाही विजयी भएकी छिन्। महिला महामन्त्रीमा रेखा थापाले भने १६ सय ४० मत प्राप्त गरेकी थिइन् ।
काठमाडौंको भृकुटीमण्डपमा भएको राप्रपा महाधिवेशनमा जम्मा ३८ सय ६५ मत खसेको निर्वाचन समितिले जनाएको छ । यसैगरी, चार सय ३१ मत बदर भएको छ ।

