काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिले तोकेको समयभित्र अन्य उम्मेदवारको मनोनयन दर्ता नभएपछि पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन्। महासचिव पदमा शंकर पोखरेल निर्विरोध निर्वाचित हुने भएका छन्। महासचिव पदमा पनि कसैको उम्मेदवारी दर्ता भएको छैन।
त्यसैगरी तीनजना उपमहासचिव पनि निर्विरोध निर्वाचित हुने भएका छन्। उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमाल निर्विरोध हुने भएका हुन्।
उपमहासचिव पदमा पनि कसैको उम्मेदवारी दर्ता नभएको निर्वाचन समितिले जनाएको छ। यस्तै आठ पदमा निर्वाचन हुने भएको छ। जारी महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मतदान हुने भएको हो।

