काठमाडौँ: नेकपा माओवादी केन्द्र मोरङ-काठमाडौं सम्पर्क समन्वय समितिको चौथो जिल्ला सम्मेलन काठमाडौंको पिङ्गलास्थानमा २५ सदस्य कार्यसमिती निर्बिरोध निर्वाचित गर्दै सम्पन्न भएको छ ।
सम्मेलनमा मन्चका सह सम्योजक नगेन्द्र प्र. रिजालको ममतामयी आमाको सनिवार बिहान हुन गएको निधनमा ‘शोक प्रस्ताव पारीत गर्दै १ मिनट मौन धारण गरिएको थियो ।

लीलानाथ दाहालको सभापतित्वमा आयोजित उक्त जिल्ला सम्मेलनको प्रमुख अतिथी टेक नाथ आचार्य, नेकपा माओवादी केन्द्रका केन्द्रिय लेखा आयोग सचिव हुनुहुन्थ्यो ।
यस्तै अतिथिहरुमा पकन्डी लिम्बु र सिबानी राइ (सम्पर्क समन्वय समितिका सदस्य), यम प्रसाद भट्टराइ र द्रोण दहाल (सम्पर्क कमिटी प्र.न. १ सदस्य), कानुनलाल चौधरी (स्वास्थ्य व्यावसायी प्रदेश अधक्ष्य), लाल ब. बस्नेत, नवराज घिमिरे, कमल महत, विनोद पौडेल र वावुराम न्यौपाने (सम्पर्क समितिका सल्लाकार) हुनुहुन्थ्यो ।

भद्रकाली के.सी. को नेतृत्वमा निर्बिरोध निर्वाचित २५ सदस्यिय कार्यसमितिको उपाधक्ष्यमा अर्जेस सुब्बा, रोहित घिमिरे र सरीता खतिवडा, सचिवमा मान व. लिम्बु, स-सचिवमा गणेश वराइली, कोषाधक्ष्यमा रेगेन्द्र बुढाथोकी हुनुहुन्छ भने सदस्यहरुमा भानु निरौला, देवी प्र. खत्री, पुष्प मगर, अशिव गिरी ,वल ब. श्रेष्ठ, रेवत श्रेष्ठ, रिता देवी घिमिरे, लक्ष्मण गौतम, निरमला राइ, पदम ब. लिम्बु, लीला प्र. ढकाल, डम्बर ब. चेम्जोङ, चित्र जङ पौडेल, लवन न्यौपाने, गुणराज रायमाझी, जगर नाथ ठाकुर, तिलक निरौला र योगेन्द्र कुमार ढकाल हुनुहुन्छ ।
समितिका सदस्य पकान्डी लिम्बुले आफ्नो मन्तब्य राक्दै नेकपा माओवादी केन्द्रमा किन आबद्ध हुने ? भन्ने बिषयमा प्रकाश पार्दै भन्नुभयो,” नेपालका मात्र हैन बिश्वका कसैको पनि परिकल्पनामा नै नभएको राजनैतिक परिवर्तन माओवादीले शंभव तुल्यायो । तर, प्रतिकृयावादी शक्तीहरु र दलाल पुजिपती वर्गको दवदवाले ती प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न गाह्रो परिरहेछ ।” उहाँले आगाडी थप्नु भयो,” बर्गीय, लिङ्गिय, छेत्रीय, भाषिक, जातीय उत्पिडनबाट जबसम्म सबै जनसमुदायलाई मुक्त गरिन्न, तबसम्म उक्त उपलब्धिहरु संस्थागत हुँदैनन् । हो, त्यसैको लागी हाम्रो आबद्धता माओबादी केन्द्रमा रहेको हो ।”

सम्मेलनका प्रमुख अतिथिले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीको अबको कार्यदिशा, पार्टीको अधिवेशन, महाधिवेशन, आसन्न स्थानिय, प्रदेश र संघिय चुनाबहरुमा यस किसिमका संगठनहरुले खेल्ने सक्ने भूमिका, पार्न सक्ने प्रभाव बारे प्रष्ट पार्नु पार्दै भन्नुभयो,”आज चुनिने पदाधिकारीहरु भनेको सिर्फ संगठन निर्माण मात्र नभएर पार्टीको कार्यदिशाको मार्गचित्र कोर्ने सम्यन्त्र पनि हो ।”
कार्यक्रममा वक्ताहरुले पार्टीको इतिहाँस, विकासक्रम, बिभिन्न आरोह अबरोह, उपलब्धि, समस्या र चुनौतीका वारेमा बिभिन्न आयामवाट छलफल गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिहरुलाई व्याज बितरण सरीता खतिवडाले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन मान व. लिम्बुले गर्नुभएको थियो ।

