आफ्नै जीवनमा शिक्षक र नेताहरूलाई कसरी हेर्छौं भन्ने बारे सोच्न लगाउनु हो’ उनले भने– ‘चाहे त्यो विद्यालयको शिक्षक होस्, कुनै अफिसको बाँस वा आमाबुबा नै किन नहोस् ।’ जब कुनै जिम्मेवार व्यक्ति आफ्ना नियम, परम्परा वा कर्तव्यप्रति अत्याधिक केन्द्रित हुन्छन्, त्यसले तिनीहरूलाई आदर्श मान्नेहरूमा कस्तो प्रभाव पार्छ ? निर्देशक तामाङले थपे– ‘म चाहन्छु कि मञ्च सादा तर प्रभावशाली देखियोस् । सेट अत्यधिक सजिएको हुने छैन, किनभने म चाहन्छु दर्शकको ध्यान पात्रहरू र तिनीहरूको संघर्षमा केन्द्रित होस् ।’ नाटकभरि प्रकाश परिवर्तन हुँदै जान्छ, जसले प्रोफेसर र विद्यार्थीहरूबीचको बदलिँदो मुड र द्वन्द्व देखाउनेछ । कहिलेकाहीँ प्रकाश गहिरो र तनावपूर्ण हुनेछ, भने कहिलेकाहीँ उज्यालो, जुन समझदारी वा परिवर्तनका क्षणहरूको संकेत दिनेछ । नाटकको केन्द्रीय विषयवस्तु “गुरुपन” हो । शिक्षक हुनु के हो भन्ने, युवा मनमस्तिष्कमा प्रभाव पार्ने अधिकार राख्नु के हो भन्ने र ती व्यक्तिहरूको भविष्य निर्माणमा कसरी भूमिका खेलिन्छ भन्नेबारे । यस सन्दर्भमा द्रोणाचार्य केवल महाभारतको पात्र होइनन्, उनी ज्ञान र बुद्धिमत्तामार्फत शक्ति राख्ने सबै व्यक्तिहरूको प्रतिनिधित्व हुन् । नाटकमा उनका चेलाहरूसँग, विशेष गरेर यस नाटकमा प्रस्तुत चेलो चन्दूसँगको सम्बन्ध, प्रशंसा, रिस, आश्रय, र बगावतजस्ता परतहरूले भरिएको रूपमा प्रस्तुत गरिन्छ । उत्कृष्ट निर्देशन, उस्तै कथाबस्तुमा कलाकारहरुको शसक्त अभिनयले पनि यो नाटकले नाटकप्रेमीको मन जित्न सफल भएको छ । एक सरल श्रद्धाञ्जली शंकर शेषप्रति – ‘एक और द्रोणाचार्य’का लागि आज हामी शंकर शेषको अद्भुत प्रतिभा र दृष्टिकोणको सम्मान गर्दैछौं, जो ‘एक और द्रोणाचार्य’ नाटकका लेखक हुन् । यस नाटकमार्फत शेषले एउटा शक्तिशाली कथा प्रस्तुत गरे, जसले विगतलाई वर्तमानसँग जोड्दै द्रोणाचार्यजस्तो प्रसिद्ध पात्रको माध्यमबाट शक्ति, शिक्षा र जीवनका निर्णयहरूबारे गम्भीर प्रश्न उठाउँछ । शंकर शेषलाई विशेष बनाउने कुरा भनेको, उनले प्राचीन समयमा आधारित कथालाई आजको समयसँग कसरी सजीव र सान्दर्भिक बनाउन सके भन्ने हो । ‘एक और द्रोणाचार्य’ केवल महाभारतको पुरानो गुरुको कथा मात्र होइन । यो त हामी सबैले अनुभव गर्ने अधिकारसँगको संघर्षको कथा हो — चाहे त्यो शिक्षकसँग होस् वा आमाबुबासँग नै नै किन नहोस् । शंकर शेषले हामीलाई यो सोच्न बाध्य बनाएका छन् — शिक्षकसँग कति शक्ति हुनुपर्छ ? मार्गदर्शकले कति प्रभाव पार्न सक्छ ? र त्यो शक्तिको परिणामसँग हामी कसरी जुध्ने त ।

