काठमाडौं — चर्चित कलाकार सुनिल थापाको निधन भएको छ। आज बिहान स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि थापालाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल लगिएको थियो।
उपचारकै क्रममा आज बिहान उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।
अहिलेसम्म अस्पतालले औपचारिक रूपमा निधनको घोषणा भने गरेको छैन।
कलाकार थापाका आफन्त अस्पतालमा आइपुगेपछि मात्र औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले बताएको छ।
नेपाली चलचित्रको विभिन्न भूमिका निभाएका कलाकार थापाले केही हिन्दी चलचित्रमा समेत काम गरेका छन् ।

