–लक्ष्मण उप्रेती
आज नेपाली जनताको नयाँ वर्ष २०८२मा उत्साहपूर्वक उपस्थित तपाईंहरु आ-आफ्ना उदेश्यमा लक्ष्य प्राप्तिकालागी तनमनले बिश्वभरी छरिएर सक्रिय रहनुहुने हाम्रो देश र समाजका प्रत्येक क्षेत्रका अगुवाहरुलाइ म हार्दिक शुभकामना व्यक्त गर्द्छु।
नेपाल र बिश्वभरिकै स्वतन्त्रता र न्यायकालागी भएका ऐतिहासिक आन्दोलन र संघर्षमा शहादत प्राप्त वीर शहिदहरुलाइ हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
आजको यो महत्त्वपूर्ण सन्दर्भमा हामी देशको एउटा अत्यन्तै महत्त्वपूर्ण सामाजिक चरणमा बाचिरहेका छौ। आजको देशको बस्तुगत परिस्थितिकावारेमा हाम्रा भिन्न भिन्न बुझाइहरु छ्न,बुझाइहरुमा जति भिन्नता भए पनि ठोस परिस्थिति एउटै छ।परिस्थिति को निर्माणमा प्रकृतिमा हुने द्वन्द्वात्मक भौतिकवादी पद्धतिको भुमिका महत्त्वपूर्ण मानिन्छ।
हाम्रो समाज विगतका निकै अप्ठ्यारा,वाङ्गाटिङ्गा बाटाहरु पारगर्दै दमन र अत्याचारको प्रतिरोधमा बलिदान अर्पण गर्दै आजको परिस्थितिमा हुर्किरहेको छ। हिजो जस्तै आज पनि देशमा तीन प्रकारका शक्तिहरु विद्यमान छ्न :-
१) प्रतिगामी शक्ति
२)यथास्थितिवादी शक्ति
३) अग्रगामी शक्ति
१) प्रतिगामी शक्तिले समाजलाइ सधै पछाडि फर्काउन चाहान्छ।विगतको यथास्थितिवादी शक्ति वर्तमानमा प्रतिगामी भएर उभिन्छ र विगतको आफ्नो गुमेको स्वार्थ फर्काउन चाहान्छ।
२) यथास्थितिवादी शक्ति जो आज सत्तामा छ।दलाल पूजीवादको निर्देशनमा नेपाल र नेपाली जनतामाथी शासन गरिरहेको छ।यसको मुख्य चरित्र दलाल ,कमिशन र भ्रष्टाचार बनेको छ।विगतको थोरै प्रगतिशिल अग्रगामी जस्तो देखिने शक्ति आज यथास्थितिवादी भएको छ।यो ऐतिहासिक तथ्य पनि हो कि परिवर्तनकारीहरुले आफ्नै शक्तिमा परिवर्तन गर्न नसक्दा यथास्थितिवादीहरुसङ्ग सम्झौता गर्न पुग्दा तात्कालिन परिवर्तनकारीहरु यथास्थितिवादी शक्तिमा बदलिन पुग्छन र त्यसको ठाउँमा ऐतिहासिक भौतिकवादी प्रक्रिया अनुसार नयाँ अग्रगामी शक्तिको जन्म हुन पुग्छ नयाँ परिस्थितिमा नयाँ संघर्ष शुरु हुन्छ।
३) अग्रगामी शक्ति नै क्रान्तिकारी हुन्छ।यथास्थितिवादी परिस्थितिमा जनता र सत्ताको वीचमा आन्तर्बिरोधहरु तिब्र बन्दै जान्छ्न।जनता आफैमा अग्रगामी शक्ति हुन्छ।किनकि जनता श्रमिक शक्ति हो।उसको श्रमशक्ति विद्यमान सामाजिक अंतर्विरोधको आन्तरिक चालक शक्ति पनि हो।अग्रगामी शक्ति र यथास्थितिवादी शक्ति वीच तिब्र संघर्ष चलिरहदा प्रतिगामी शक्तिले आफ्नो टाउको उठाउन खोज्छ यो अनौठो वा नौलो कुरो होइन यो ऐतिहासिक परिघटनाकै अंस हो।
त्यसकारण हामी बाचिरहेको परिस्थितिमा हाम्रो अगाडि नयाँ वर्ष २०८२ उपस्थित छ। यो परिस्थिमा देशमा प्रतिगामी ,यथास्थितिवादी र अग्रगामी शक्तिका वीचमा चलिरहेको अन्तर संघर्षमा हामी सम्पूर्ण जनता जोडिएका छौ।विद्यमान परिस्थितिलाई उच्चस्तरमा उन्नत ब्यबस्थामा बदल्न जरुरी छ। विगतका परिवर्तनहरुमा अग्रगामीहरुको आफ्नो तागतले नपुगेर यथास्थितिवादीहरुसङ्ग सम्झौता गर्नु परेको बाध्यताले यो दलाल पूजीवादमा परिस्थिति बदलियो।यसको महत्त्वपूर्ण आन्तरिक कमजोरी सम्पुर्ण अग्रगामी शक्तिहरुको एकता कायम हुन नसक्नु नै थियो। यथास्थितिवादी सक्तिले अग्रगामी आन्दोलन तिब्र बन्दै जादा सधै फुट पार्ने ,दमन गर्ने र दमन गर्न नसक्ने भए पछि सम्झौतामा बदलिदिने गर्दछ।अहिले पनि अग्रगामी शक्तिहरुकोवीचमा फुट र बिभाजन गराएर अग्रगामी आन्दोलनलाइ रोक्ने प्रयत्न यथास्थितिवादीहरुले गरीरहेका छ्न।यसबाट अग्रगामी शक्तिहरु एकीकृत र ध्रुवीकृत हुनुको विकल्प छैन।त्यसैले आजको परिस्थितिमा नयाँ वर्ष २०८२ लाई साच्चै अग्रगमनको नयाँ वर्ष बनाउन लागौ।प्रतिगामी षड्यन्त्र र यथास्थितिवादीहरुको गोलचक्करबाट देश र जनतालाइ मुक्ती दिलाउन आजको ऐतिहासिक परिस्थितिमा संयुक्त आन्दोलनका लागि अग्रगामीहरुको क्रान्तिकारी संयुक्त मोर्चा अपरिहार्य आवश्यकता बनेको छ। संयुक्त आन्दोलनका लागि संयुक्त मोर्चा,अग्रगामी शक्तिहरुको संयुक्त राजनैतिक सम्मेलनद्वारा ” यथास्थितिवादी दलाल पूजीवादी गठबन्धन सरकारको अन्त्य ” र त्यसका ठाउँमा प्रगतिशील ,जनतन्त्रिक शक्तिहरुको हस्तक्षेपमा ” सहमतिको राष्ट्रिय सरकार ” अहिलेको सहि कार्यनीति बनाऔ।नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै बैज्ञानिक समाजवाद निर्माणको दिशामा अघि बढौ!!
धन्यवाद !
Previous Article‘अर्को एउटा द्रोणाचार्य’ हाउसफूल, बैशाख ७ गतेसम्म मात्रै मञ्चन
Next Article नगरकोट भ्रमण वर्ष आजदेखि

