तोमनाथ उप्रेती
उपसचवि, नेपाल सरकार
आदर्श व्यवस्थामा पूर्णब्रह्म परमात्मा सबैका एउटै मात्र हुनुहुन्छ ।पूर्णब्रह्म तथा खुदा एकै हुन केवल भाषाको मात्र फरक छ ।संसारका सबै धर्म ग्रन्थहरुमा मात्र भाषाको भेद छ । यी सबैले एउटै परम सत्य तर्फ संकेत गर्दछन् ।प्रेम तथा परब्रह्म एउटै स्वरुप हो । परब्रह्म र आत्माहरु प्रेम कै प्रतमिूर्ति हुन ।
श्री तारतमसागर श्री प्राणनाथ जीको प्रचण्ड वाणीबाट निस्कने अलौककि दिब्य ज्ञान हो जसको माध्यमबाट सम्पूर्ण विश्वले परम सत्यलाई थाहा पाउन सक्छन । जब सदगुरु धनी श्री देवचन्द्रजीको तनमा बिराजमान भएर अक्षरातीत पूर्ण ब्रह्म परमात्माकी आनन्द अंग श्री श्यामाजीले यस क्षरभंगुर संसारमा जागृत बुद्धिको ज्ञान प्रकट गर्नुभयो, तब देखि नै यस सत्य मार्गको उद्घाटन भयो ।
श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायका संस्थापक सद्गुरु धनी श्री देवचन्द्रजी महाराजले अल्पायुदेखिनै उठेको मुमुक्षाभाव मेट्न तत्कालीन संपूर्ण संप्रदायहरु चाहार्नु भयो । अन्ततोगत्वा ३५ वर्ष लामो महासंकल्पको निष्ठा साधनाबाट ४० बर्षको अवस्थामा पूर्णब्रह्म परमात्मा अक्षरातीत श्रीकृष्णको दर्शनाभूत सहिति तारतम बीज महामन्त्र प्राप्त गर्नुभयो र जागनीको कार्य सुभारम्भ गर्नु भयो । सो तारतम महामन्त्र धनीजीले आफ्ना प्रमुख शिष्य महामति श्री प्राणनाथजीलाई हस्तान्तरण गर्नुभयो । महामति श्री प्राणनाथजी अवतरति श्री तारतमवाणी, संपूर्ण धर्म ग्रन्थहरुको निचोड हो । जसमा श्रीकृष्ण तत्वका रहस्योद्घाटन सहित परमात्मा अनुभूतकिो सहज मार्ग प्रसस्त गरिएको छ । श्रीकृष्ण प्रणामी धर्मका अनुयायीहरुले श्री कुलजम स्वरुप तारतम सागरलाई पूर्णब्रह्म परमात्माको वाङमय स्वरुप मानेर मन्दरि एवं घरको सिंहासनमा पधराई श्रृंगार सहति अष्टप्रहर सेवापूजा गर्ने गर्दछन् ।
यस्तो आदर्श व्यवस्थामा पूर्णब्रह्म परमात्मा सबैका एउटै मात्र हुनुहुन्छ ।पूर्णब्रह्म तथा खुदा एकै हुन केवल भाषाको मात्र फरक छ ।संसारका सबै धर्म ग्रन्थहरुमा मात्र भाषाको भेद छ । यी सबैले एउटै परम सत्य तर्फ संकेत गर्दछन् ।प्रेम तथा परब्रह्म एउटै स्वरुप हो । परब्रह्म र आत्माहरु प्रेम कै प्रतमिूर्ति हुन । प्रेम नै एउटा यस्तो सक्षम साधन हो जसले यस जीवनमा सच्चिदानन्द पूर्णब्रह्म परमात्मा, परमधाम तथा दिब्य लिलाको आनन्द दिन सक्दछ ।
यस दर्शनले जोड दिएका महत्वपुर्ण पक्षहरुमा पूर्णब्रह्म परमात्मा सवैका मालिक हुन् । शास्त्रानूसार उनै अनादिअक्षरातीत तत्व पनि हुन् । आत्मा, परमात्माको अंश हो र त्यो सच्चिदानन्दमय अविनाशी हुन्छ । एक अर्कालाई अभिबादन गर्दा परमात्माको अंशस्वरुप ठानेर प्रणाम गर्ने गरिन्छ । अहिसा, प्रेम, दया, करुणामयी यस धर्मका आभूषण हुन् ।सबै धर्म, संप्रदाय प्रति तटस्थ एवं सद्भाव राखिन्छ। सम्पूर्ण धर्मशास्त्रहरुलाई साक्षी स्वरुप र तारतम सागरलाई सुक्ष्मवेद स्वरुप मानेर उपासना गरिन्छ । सम्पूर्ण प्राणी, पदार्थमा जाति, वर्ण र वर्गको आधारमा भेद गरिदैन बरु समतामूलक व्यवहार गरिन्छ । शुद्ध शाकाहारी भोजन गर्ने, धुम्रपान, मदीरा जस्ता दुव्यर्सनबाट आफू मुक्तरहि अरुलाई पनि मुक्त गराउने ,यम, नियमको पूर्णरुपले पालना गर्ने, यस अन्तर्गत अहिंसा, अस्तेय, अपरग्रिह, सत्य र ब्रह्मचर्य । नियम अन्र्तगत शौच, सन्तोष, तप, स्वाध्याय र इश्वर प्राणी धानको अनिवार्य पालन गर्ने ,सुख शीतल करुं संसार भन्ने महामतिको सपनालाई साकार पार्न आफूपनि शीतल हुने र अरुलाई पनि शीतल गराउने ,तुम सेवासे पाओगे पार भन्ने महानवाणीलाई नर्लिोभ भावले सेवा गर्ने र अरुलाई पनि सेवाको लाग उत्प्रेरति गर्ने आदि रहेका छन् । तारतम ज्ञान द्वारा मानव मात्रको गुण, अंतःकरण तथा इन्द्रियहरुको मायावी विकारहरुको शमन द्वारा नै संसारमा सुख अनि शीतलता प्राप्त हुन्छ ।तपाईंको आत्मिक दृष्टि तब नै खुल्नेछ, जब तपाईं प्रति अक्षरातीत पूर्णब्रह्म परमात्माको कृपा बर्सिन्छ । आत्मकि दृष्टि खुलेपछि तपाईंलाई धामधनीको प्रेमको अतरिक्ति सम्पूर्ण संसार वषिको बराबर कष्टकारी लाग्ने छ ।
मनुस्य जातिलाई मात्र यस्तो विबेकशील बुद्धि प्राप्त भएको छ जस द्वारा धार्मकि ग्रन्थहरूको अध्ययन गरेर परम सत्यलाई प्राप्त गर्न सकिन्छ । परन्तु पूर्ण ब्रह्मका कृपाद्वारा अवतरीत ज्ञान ९वेद, कुरान, बाइबल आदिमा एस्त गुह्य रहस्यहरु लुकेको हुन्छ, जसलाई मनुष्य बुद्धि सपनाको बुद्धि द्वारा सहजै बुझ्न कठनि हुन्छ ।यस्ता रहस्यहरु खोल्ने चाबी हो तारतम ज्ञान । जसको अवतरण श्री निजानन्द सम्प्रदायमा भएको छ । तारतम ज्ञान जागृत बुद्धि द्वारा नै सबै धर्म ग्रन्थहरुको वास्तवकि अर्थ स्पष्ट हुन सकेको छ । यस अतरिक्ति श्री प्राणनाथजी पूर्णब्रह्म अक्षरातीत को अपार अनुकम्पाद्वारा श्री कुलजम स्वरूप ब्रह्म वाणी मा परम सत्य ज्ञान प्रकट भएको छ जसको विषयमा स्वयं अक्षर ब्रह्म पनि अज्ञात छन् ।
वर्तमान समाज हन्दिु, मुस्लमि, इसाई, आदि विभिन्न धर्ममा विभाजित भएको छ ।यनीहरुका धर्मग्रन्थ तथा भाषाहरू पनि अलग–अलग छन् । परन्तु आज सम्म कुनै पनि अवतार, तर्थिंकर, महापुरुष, आदिले सबै धर्महरुलाई एकीकरण गरेर एक मात्र अद्वैत पूर्ण ब्रह्म परमात्माको परिचय दनि सकेनन् । श्री निजानन्द सम्प्रदाय मार्फत श्री प्राणनाथजीले सबै धर्म ग्रन्थहरुमा छोपिएर रहेको समान सत्य सध्दिान्तहरुलाई प्रकट गरेर, त्यसको आधारमा एक मात्र पूर्ण ब्रह्म परमात्माको परचिय गराउनुभयो ।
संसारका हरेक दार्शनकि यसको समाधान जान्न उत्सुक छन्, तर कसैले पनि यसलाई सही रूपमा थाहा पाउन सकेका छैनन्। ब्रह्मा सच्चिदानन्द सत्ंचतिंआनंदको रूप हो। सच्चिदानन्द परब्रह्मको ॅसत अंशलाई अक्षर भनिन्छ। अक्षरब्रह्म भित्र असंख्य ब्रह्माण्डहरूको लय र सृष्टी गर्ने इच्छालाई मूल प्रकृति भनिन्छ।
यही आधारभूत प्रकृतबाट प्रकृति र त्यसपछि मोहतत्त्व उत्पन्न हुन्छ, जुन यस नश्वर संसारको भौतकि कारण हो। यसपछ िअक्षरब्रह्मको मनमा अभव्यिक्त नभएको मोह सागरको उत्पत्ती भयो, जसमा उनको मनको वैचारकि रूप आदिनारायण महावष्णिु, प्रणव को रूप भयो जसलाई ॅक्षर पुरुष भनिन्छ। यस ३३रूप निराकार मोहतत्व,असीम, शब्दभन्दा पर छ। मुन्डकोपनषिदमा भनएिको छ क िचद्घिन स्वरूप जो अनादि अविनाशी, कूटस्थ अक्षरब्रह्मभन्दा पर छ, त्यसलाई अक्षरतीत भनिन्छ। परब्रह्म, परमात्मा, पूर्णब्रह्म, सनातन पुरुष, श्रीराज, प्राणनाथ आदि उनलाई गरि सम्बोधन हुन्।
श्रीमुखवाणीमा वर्णित परमधामलाई घेरेका आठ महासागरहरूलाई आठ चक्र भनिएको छ। त्यसैगरी परमधामका नयाँ भूमिहरूका लागि नवद्वाराहरू वर्णन गरिएको छ। यस परमधाममा संसारको कुनै पनि प्राणी नारायण सहति तपस्यामा प्रवेश गर्न सक्दैन। कुनै भौतकि प्राणी नरिाकार र योगमायामा पन िजान सक्दैन।श्री तारतमसागर सनिगार ग्रन्थमा भनिएको छः
अक्षरातीत नूरजमाल , ए तरफ जाने अछर नूर ।
एक या बनि त्रैलोक को , इन तरफ की न काहू सहूर ।। सनिगार
पूर्णब्रह्म अक्षरातीत नूरजमालको बारेमा अक्षर ब्रह्मलाई मात्र थाहा छ। यिनिहरू बाहेक सम्पूर्ण ब्रह्माण्डलाई अक्षरभन्दा बाहिरको ज्ञान छैन। त्यसैले परम ब्रह्मको वषिय अत्यन्त गोप्य छ र अति उन्नत ज्ञानबिना जान्न सकिदैन।त्यो महिमापूर्ण शब्दकोषमा तीन तत्वहरू अक्षर ब्रह्म, पूर्ण ब्रह्म र आनन्द अंग तीन सत् चति आनन्द मा स्थापित छन्। यसमा सबैभन्दा पूजनीय तत्व, ईश्वरीय रूप, त्यो हो जसमा ब्रह्म ज्ञान भएका मानसिहरूले ध्यान गर्छन्। अथर्ववेद। त्यो परब्रह्ममा सत्, चिद् आनन्द जस्ता गुणहरू छन्, त्यसैले उहाँलाई सच्चिदानन्द भनिन्छ । परब्रह्म स्वयम् चद्घिन स्वरूप हुनुहुन्छ ।उहाँको शक्ति स्वरूप अक्षर ब्रह्म हुनुहुन्छ र आनन्द स्वरूप श्री श्यामाजी हुनुहुन्छ। यी तीनैलाईसच्चिदानन्द स्वरूप भनिन्छ । तीनवटै एउटै रुप मानिने भएपनि लीलाको रुपमा फरक छ । अक्षरहरू ब्रह्मा शक्तिका रूप हुन् भने अक्षराततिले आफ्नो आनन्दित अंश श्यामाजी र आत्माहरूसँग पवित्र प्रेम र आनन्दको खेल खेल्छन्।
अव्यक्त पूर्ण ब्रह्मा श्री राज जी को रूप सदा अक्षर ब्रह्म जस्तै रहन्छ । उनको स्वभाव कोमल धन्यवादअत्यन्त मायालु, र आनन्दित छ । श्री महामतीजी भन्नुहुन्छ, हे मेरो आत्मा तमीले आँखा खोलेर आफ्नो आधार अक्षरभन्दा बाहरि देख्छौ, जसको रूप अति सुन्दर, प्रफुल्लति र कोमल छ
श्री राज श्यामा जी पूर्णब्रह्म अक्षरातति र उनको आनन्दमय रूप आफ्नो अद्वतिीय किशोर रूपमा परमधाममा सिंहासनमा विराजमान छन्। उनको लुगा, गहना र मेकअप अत्यन्तै सुन्दर, प्रकाशले भरिएको छ । परमधाममा आत्म–अद्वैत छ। त्यहाँको प्रत्येक कण सच्चदिानन्दमयीले भरिएको छ। जसरी चन्द्रमाबाट चन्द्रमाको प्रकाश, सागरबाट छालहरू, सूर्यका किरणहरूबाट अलग हुँदैनन्, त्यसरी नै ब्रह्मसृष्टि भनिने सच्चिदानन्द परब्रह्मका आत्माहरू कहिल्यै अलग हुँदैनन्, तर तिनीहरूको स्वरूप हुन्। यो “स्वलीला अद्वैत“ को रहस्य हो।श्री करिन्तन ग्रन्थमा भनिएको छः
अछरातीत के मोहोल में , प्रेम इस्क बरतत ।
सो सुध अक्षर को नहीं , जो कनि वधि केल िकरत ।। करिन्तन ७४।२९०
नरिाकार परब्रह्मको रंगमञ्चमा अनन्य प्रेमको नाटक सधैं चलिरहन्छ । अक्षर ब्रह्मलाई पनि थाहा थियन कि अक्षरातीतले आफ्ना प्रयिजनहरू आत्मासँग प्रेमको कर्म कसरी गर्दछ । परमधाम पनि अक्षरातीत जस्तै कोमल, सुन्दर र परम प्रकाशमय छ । त्यहाँ, प्रत्येक वस्तुमा चार गुणहरू छन् – चेतना, प्रकाश थापाको तेज०, कोमलता र सुगन्ध। त्यहाँ सबै शब्दहरू भन्दा बाहिरको मूर्त रूप छ, उहाँ जस्तै सचेत छ, र उहाँको प्रेमको खेलमा राम्रोसँग भाग लिन्छन्। सबै कुरा प्रेम र आनन्दले भरिको छ। निराकार परमात्मा यस नश्वर संसारमा दुई पटक देखा पर्नुभयो। दोस्रो पटक कलियुगमा श्री प्राणनाथ जीको रूपमा आएर सम्पूर्ण ब्रह्माण्डलाई पूर्ण मुक्ति दिनुभएको छ।

