काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् ।टोलीले स्थानीय समस्याका विषयमा छलफल,सहीद परिवारसँग भेटघाट,पार्टीका नीति विचार र सिद्धान्तका विषयमा जनताहरुका बीच राख्ने काम भैरहेको सो पार्टीले जनाएको छ ।
टोलीले रौतहट जिल्लामा ६ वटा कोणसभा सम्पन्न गरेको छ । भित्तेलेखन ,पर्चा वितरण ,जनभेटघाट र सहिद परिवार सित भेटघाट गर्ने कार्यक्रम सम्पन्न गरेकोछ । यस अभियान टोलीले विहानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ता भरत महाराले उहाँकै व्यक्तिगत पहलकदमीमा निर्माण गरेको रौतहट जिल्लाको बृन्दावन नगरपालिका – ६ स्थित श्री दलित जनसामुदायिक प्राथमिक विद्यालयको अध्ययन अबलोकन गर्ने काम गर्यो ।्त्यसैगरी रौतहट जिल्लाको बृन्दावन नगरपालिका – ६ को हर्षह बजार,चन्द्रपुर नगरपालिका–१० को बालचनपुर बजार,बरुण नगरपालिका–८ बिर्ताचोक,गढिमाई नगरपालिका–१ सयनपुर बजार,गढिमाई न.पा. ९ को मलाही बजार,माधव नारायण न.पा. ४ मानपुर बजारमा कोण सभा सम्पन्न भएको छ । उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,स्थायी समिति सदस्य रामसिंह श्रीस,पोलिटब्युरो सदस्य बीरेन्द्र कुमार यादव,केन्द्रीय सदस्य टेकबहादुर बिश्वकर्मा,ले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका रौतहट जिल्ला ईन्चार्ज प्रल्हाद साह र ब्युरो सचिव पवन पटेलले गर्नु भयो ।
अभियान टोलीले रौतहट जिल्ला गरुणा नगरपालिकामा सहिद परिवारका व्यक्तिहरू मेधु पासवान ,छेठु पासवान ,लालबाबु दास ,बिनागरहमा सहिद अशोक प्रशाद साहर माधवपुरमा राम प्रबेश राय यादवको परिवारलाई भेटी समस्याहरुको विषयमा छलफल गरेको छ । कोणसभा सम्पन्न गरिएका ठाँउहरुमा पर्चा वितरण र भित्ते लेखन गरिएका थिए ।त्यसैगरी
अभियानको उनन्तीस औं दिन दोस्रो टोलीले २०८२ बैशाख १ गते सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिका ग्वालटार–३ ग्वालटार बजारमा जनसम्बन्ध बिस्तार अभियान सफल पारौं भन्ने नारा सहित र्याली गरेको छ । र्याली पश्चात् कोणसभा गरिएको थियो । कोणसभाको संचालन जिल्ला इन्चार्ज तथा सचीव भरत बुर्जा मगरले गर्नुभएको हो । सभालाई तामाङ मोर्चा का टेकबहादुर तामाङले देशको वर्तमान परिस्थितिका विषयमा प्रकाश पार्नु भएको थियो भनेअभियानका बारेमा पार्टीको धारणा किसान नेता एवम् पार्टीको केन्द्रिय सदस्य बाबुराम सुवेदीले राख्र्नुभएको थियो ।त्यस्तै अर्को टालीले बागलुङको ताराखोला गाउँपलिकाबाट रिजाल चोक हुँदै बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार जनताका विच भेटघाट छलफल गरेको छ। बागलुङबजारबाट टोली बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको राङ्खानी पनिमा जनतासँग पार्टीका गतिविधीका बारेमा सुसुचित गर्ने काम गरेको छ । अभियानका क्रममा टोलीले जनभेटघाट ,पर्चा वितरण गरेकोछ ।
त्यसैगरी अभियान चौथो टोलीले कपिलवस्तु र रुपन्देही जिल्लामा ४ वटा कोण सभा सम्पन्न गरेको छ ।कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारको प्रशासन चोकमा कोण सभा सम्पन्न गरेकोछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य एवं अभियान टोली प्रमुख हेमन्त प्रकाश ओलीले कोण सभालाई सम्बोधन गर्नु भएको थियो । त्यसैगरी पोलिटब्युरो सदस्य तथा ५ नम्बर ब्युरो ईन्चार्ज प्रेम सुवेदी,पोलिटब्युरो सदस्य धनेश्वर पोख्रेल,बैकल्पिक केन्द्रीय सदस्य तथा अनेरास्ववियु ९क्रान्तिकारी० का केन्द्रीय कार्यालय सदस्य नवीन खडका,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका रुपन्देही जिल्ला नेता मनिराम पौडेल,कपिलवस्तु जिल्ला सचिव हिमलाल वाग्लेले कार्यक्रमको सन्चालन गर्नु भएको थियो।कार्यक्रम कपिलवस्तु जिल्लाको बाणगङ्गा न.पा ८ को बोड गाउँचोक,कपिलवस्तु जिल्लाको चार नम्बर चोक,रुपन्देहीको जिल्लाको कन्चन गा पाको गरगरे चोक लगायतका सभा गरेको सो पार्टीले जनाएको छ ।

