शत्रुघन श्रेष्ठ
राष्ट्रिय परीक्षा बोर्डले असार दोश्रो साता वि.सं. २०८० को SEE परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको नतिजा प्रकाशित भएको छ । नेपाल अधिराज्य भरका माध्यमिक विद्यालयबाट ४ लाख ६४ हजार ७८५ जनाले परीक्षा दिएकोमा उत्तीर्ण भएका मध्ये १८६ जनाले ४ जि.पि.ए. ल्याउन सफल भएका थिए। परीक्षामा सहभागी भएका मध्ये ५२.१४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण (फेल) भएका छन् । १ लाख १४ हजार ४८ जना छात्र र १ लाख २८ हजार २५७ छात्रा सहित २ लाख ४२ हजार ३१३ परीक्षार्थी अनुत्तीर्ण (फेल) भए । ति मध्ये एक विषयमा एन.जी. आउने ६७ हजार ७९३ र दुई विषयमा एन.जी. आउने ४८ हजार ३८ विद्यार्थी रहेका छन् । ति मध्ये जाँच दिएका मध्ये २२१ जनाको परीक्षा विभिन्न कारणवश परीक्षा रद्ध (cancel) भएको थियो । यस वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको थियो । परीक्षा उत्तीर्ण गर्न सैद्धान्तिक ७५ अंक पूर्णांङ्कमा कम्तिमा २७ नम्बर र आन्तरिक मूल्याङ्कनमा २५ पूणर्ाङ्कमा कम्तिमा १० नम्बर अंक प्राप्त गर्नु पर्ने प्रावधान राखिएको थियो । १०० पूर्णाङ्कमा कम्तिमा ३७ अंक (नम्बर) नल्याए “एन.जी.” अर्थात नन् ग्रेड
हुन्छ।
सबैभन्दा बढी गणितमा फेल
यस वर्ष SEE मा सबैभन्दा वढी विद्यार्थी गणितमा (Mathematics) मा एन.जी. (नन् गे्) आएको छ ।तथ्याङ्क (Data) Analysis
७८,८७४ जना ः GPA २.८ देखि ३.२०
३१,२०९ जना ः GPA ३.६ देखि ४.०
६८,२५६ जना ः GPA ३.२ देखि ३.६ सम्म
४१,१७७ जना ः GPA २.४ देखि २.८
२,९५० जना ः GPA २.० देखि २.४
६ जना ः GPA १.६ देखि २.० सम्म
गणितमा १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको एन.जी. आएकाे छ । यस्तै विज्ञानमा १ लाख २६ हजार ९३३ र अग्रेजी मा १ लाख १ हजार ३८३ विद्यार्थी एन.जी. आएको छ । सामाजिक विषयमा ७३ हजार ८७७, नेपालीमा ६९ हजार ५३२, अर्थशास्त्रमा ६९ हजार ४१६, तथा ऐच्छिक गणित मा २० हजार ३५२, विद्यार्थीको एन.जी.ग्रेडआएको छ । यसपाली जति विषयमा एनजी आएपनि पूरक परिक्षामा सहभागी हुन् पाइने व्यवस्था गरिएको छ । पूरक परीक्षामा साउन १८ र १९ गते लिएको थियो । साउनमा परीक्षा गरेर भदौमा नतिजा प्रकाशन गर्ने र यसै वर्ष विद्यार्थीहरुले कक्षा ११ मा भर्ना हुन पाउने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । यस वर्षको SEE नतिजामा गत वर्षभन्दा सुधार भएर GPA ल्याउनेका सङ्ख्या बढी भई नतिजामा सुधार देखिएको छ । यस वर्ष सबैभन्दा बढी ७८ हजार ८७४ विद्यार्थीहरुले २.८० देखि ३.२० जिपिए प्राप्त गरेका छन् । सबैभन्दा कम ६ जना विद्यार्थीले १.६० देखि २.०० जिपिए (न्एब्) ल्याएका छन् । १८६ विदार्थीहरुले ४ जिपीए, ३१ हजार २०९ जनाले ३.६० देखि ४ जिपिए, ६८ हजार २५६ जनाले ३.२० देखि ३.६०, ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० जिपीए, ४१ हजार १७७ जनाले २.४० देखि २.८० जिपीए र २ हजार ९५० जनाले २ देखि २.४० जीपिए ल्याएका छन् ।
यस्तो छ प्रदेशको नतिजा ः-
सार्वजनिक भएको नतिजा अनुसार यसवर्षको SEE परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार ८७२ जनाले परीक्षामा सहभागी भएका मध्ये ३३ हजार ८४३ जनाले नन्ग्रेड (NG) पाएका छन् । त्यस्तै लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी सहभागी भएकोमा ४९ हजार २२४ जनाले नन्गे्रड (NG) आएको छ । त्यस्तै मधेश प्रदेशमा ७९ हजार ५९२ विद्यार्थी सहभागी भएकोमा ४२ हजार २८६ जनाले नन्गे्रड (NS) ल्याएको छ । कोशी प्रदेशमा ७५ हजार ९८८ जना सहभागी भएकोमा ३९ हजार ८९५ जना को नन्गे्रड (NG) आएको छ । गण्डकी प्रदेशमा ४० हजार ५२६ विद्यार्थी सहभागी भएकोमा २० हजार २७५ जनाको नन्गे्रड (NG) आएको छ । कर्णाली प्रदेशबाट परीक्षामा ३५ हजार ३४ जना सहभागी भएकोमा २० हजार ३८० जनाको नन्गे्रड (NG) आएको छ । सुदुरपश्चिम प्रदेशमा भने ५३ हजार ४४६ विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४१० जनाको नन्गे्रड (NG) आएको छ ।
SEE नतिजामा ५२.१४ प्रतिशत झण्डै आधा भन्दा बढी विद्यार्थी फेल हुनुका कारण यस प्रकारको छ ः-
१. विद्यालयमा भौतिक पूर्वाधारको कमी, २. विद्यालयमा शिक्षकहरु बढी विदामा बस्नु ३. नेपाल सरकारले दुर्गम क्षेत्रमा शिक्षकहरुको दरबन्दी थप्न नसक्नु ४. विद्यालयमा पढाउने शिक्षकहरु पार्टीहरुको (दलहरुको झोले) बन्नु ५. राजनीतिक दलहरुले राम्रा शिक्षकको दरबन्दी वृद्धि गर्नुको सट्टा आफ्नो दलप्रति पूणर् समर्थन गर्ने शिक्षकहरु नियुक्ति गर्नु नै आजको दुभाग्र्यपूणर् क्भ्भ् को नतीजा हो । ६. नयाँ नयाँ टेक्नोलोजी प्रविधिको शिक्षा ल्याउन नसक्नु अर्थात् घोकन्ते शिक्षाको परिपाटी चलन चल्ती हुनु, ७. शिक्षा क्षेत्रमा छुट्याइएको बजेट प्रयाप्त नहुनु । ८. शिक्षकहरुमा विषयगत वस्तुहरुको तालिम प्रयाप्त नहुनु, ९. शिक्षक सेवा आयोगले समयमा नै शिक्षकहरुको शिक्षक अध्यापन अनुमति पत्रको परीक्षा लिन नसक्नु, १०. शिक्षा मन्त्रालय अन्तर्गत जिल्ला शिक्षा कार्यालयबाट हुनु पर्ने विद्यालयमा पठनपाठनको अवस्था के कस्तो छ भन्ने कुराको विषयमा निरीक्षण गर्न नसक्नु, ११. यदि नेपाल सरकारले नेपालको शिक्षा नीतिलाई अन्तराष्ट्रिय क्षेत्रको शिक्षाको दाँजोमा गुणस्तरीय लैजानको लागि चाहे त्यो विद्यालय क्षेत्र होस् चाहे त्यो त्रि.वि.का प्राध्यापक क्षेत्रमा लाग्ने विषयगत शिक्षक होस् सबैले इमान्दारीताका साथ राजनीतिको फोहोरी खेलबाट पर रहेर अनुशासीत पूर्वक अध्ययन, अध्यापन गराउन सके मात्र शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न सकिन्छ । त्रि.वि. का प्राध्यापकहरु त्रि.वि.मा नपढाई छाटा (हाजिर गरेर थप कसी अर्को निजी कलेजमा अध्यापन गराउन जाने प्रवृत्तिले नै आज त्रि.वि.को वि.सं. २०१६ साल देखिको राम्रो शैक्षिक गुणस्तर झन झन् कमजोर हुँदै गईरहेको छ, त्रि.वि.ले परीक्षा लिन नसक्नु र समयमा रिजल्ट आउन नसक्नु र अर्को भनेको अन्र्तराष्ट्रिय मापदण्डको पाठ्यक्रम अनुसारको पढाई गर्न नसक्ने र पढाई पश्चात् रोजगारीको ग्योरेन्टी नेपाल सरकारले गर्न नसकी आज लाखौं लाख विद्यार्थीहरु ं२, १२ सकिनासाथ अमेरिका, अष्टे्रलिया, क्यानाडा, जापान, जर्मन जस्ता देशहरु पढाईको अलावा रोजगारका लागि विदेश पलायन भैरहेका छन् । यसलाई समयमा नै नेपाल सरकारले रोक्न सकेन भने त्रि.वि. अन्तर्गतमा कलेजका साथै अनगीन्ती रुपमा त्रि.वि.बाट स्वीकृति लिई खोलेका नीजि कलेजहरु पनि भविष्यमा बन्द भई शिक्षामा आमूल परिवर्तन आउनुको सट्टा याे क्षेत्र अन्धकारमय हुनगई देशको अर्थतन्त्र धाराशायी हुन जाने सम्भावना बढेर जान्छ ।
लेखक
प्रा.डा. शत्रुघन श्रेष्ठ
शिक्षा सेवी

