काठमाण्डौ । मिलनचोक पार्टी प्यालेसमा घुम्ती कवि गोष्ठी, नेपालको १५४ औं शृंखला सम्पन्न भएको छ । प्रत्येक महिनाको दोस्रो शनिबार बिहान ७ बजे आयोजना हुने साहित्यिक कार्यक्रम यस महिना काठमाण्डौको कपन, मिलनचोकस्थित मिलनचोक पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
सुसेलीका अभियन्ता दुर्गा अधिकारी ‘भमरकोटे’को अध्यक्षतामा कार्यक्रम भएको हो ।
घुम्ति कवि गोष्ठी, नेपालका अध्यक्ष माधवलाल श्रेष्ठले कार्यक्रममा सहभागी प्रमुख अतिथी, अतिथी एवम् सहभागी स्रस्टा एवम् सर्जकलाई स्वागत गर्दै सुसेली वाचन गरेपछी अन्य सहभागी स्रष्टा, सर्जकले आफ्ना रचना वाचन गरेका थिए ।
कलानिधि दहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गोविन्द घिमिरे ‘वेदमणी’, चन्द्रा न्यौपाने, त्रिलोचन आचार्य, डा कृष्ण सुवेदी (भारद्वाज मित्र), विसुकुमार केसी, थरेन्द्र बराल, शंकर भारती अतिथिको थिए ।
घुम्ती कवि गोष्ठी, नेपालको असोज महिनाको शृंखलामा सर्जकहरू किशोर श्रेष्ठ, एनबी जनकपुरी, ओमप्रसाद कोइराला, रामचन्द्र दहाल, आल्फिफोहेन फक्लुप्पा, सञ्जय सोती, पुरुषोत्तम आचार्य, सुशील आचार्य, थरेन्द्र बराल, प्रमोद नेपाल, प्रह्लाद लामिछाने, शालिकराम ढकाल, बालकृष्ण दंगाल, जानुका थापा, दामोदर ढकाल, विनोद दहाल ‘वत्स’ले आफ्ना रचनावाचन गरे ।
कार्यक्रममा डा कृष्ण सुवेदी (भारद्वाज मित्र), विसुकुमार केसी, ध्रुवराज थापा ‘पुरुष’, प्रकाश दहाल, सविता पोख्रेल, कविप्रसाद प्याकुरेल, घनश्याम प्रसाईं, चन्द्रा न्यौपाने, दुर्गा अधिकारी ‘भमरकोटे’, शंकर भारती, कलानिधी दाहाल, रामकुमार पण्डित, वासुदेव पौडेल, मिसन अधिकारी लगायत स्रष्टा सर्जकले आ-आफ्ना सिर्जना पस्किएका थिए । वाचित रचनामाथि अभिनव साहित्य समाजका संस्थापक अध्यक्षसमेत रहेका कार्यक्रमका अतिथि गोविन्द घिमिरे ‘वेदमणि’ले समिक्षात्मक टिप्पणी गरे । उपन्यास समाजका अध्यक्ष शंकर भारतीले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथि कलानिधि दहालले स्रष्टाले जात, धर्म, भूगोलभन्दा माथि उठेर लेख्न आवश्यक भएको बताए । कोही रिसाउँछ कि भनेर बोल्नै पर्ने कुरा नबोल्नु, नलेख्नु गलत हुने तर्क गरे ।
सचिव रामकुमार पण्डितले सञ्चालन गरेको कार्यक्रममा घुम्ती कवि गोष्ठी नेपालका संस्थापक अध्यक्ष रामचन्द्र दहालले धन्यवाद मन्तव्य राखेपछि कार्यक्रमका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’ले कार्यक्रम समापन गरेका थिए ।