काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाका लागि परीक्षा फाराम खुलेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले ०८३ सालमा सञ्चालन हुने वार्षिक परीक्षाका लागि नियमित तथा आंशिक परीक्षार्थीका लागि फाराम खुला गरेको हो।
बोर्डका अनुसार रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका आंशिक परीक्षार्थीले मात्र फाराम भर्न पाउने छन्। नियमित परीक्षार्थीका लागि पनि सोही अवधिमा फाराम खुला गरिएको बोर्डले जनाएको छ।
परीक्षा सम्बन्धी वार्षिक कार्यतालिकाअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। सो अवधिमा फाराम भर्न छुटेका विद्यार्थीले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्नेछन्।
बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको परीक्षा फाराम माघ २५ गतेभित्र सम्बन्धित विद्यालयमार्फत अनिवार्य रूपमा बुझाइसक्न निर्देशन दिएको छ। तोकिएको समयसीमा नाघेपछि फाराम स्वीकार नहुने बोर्डले स्पष्ट गरेको छ।
बोर्डद्वारा जारी सूचना….


