काठमाण्डौ । दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष प्रक्षेपण यान प्राविधिक गडबडीका कारण असफल भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
अन्तरिक्ष कम्पनी इनोस्पेसद्वारा विकास गरिएको ‘हानबिट–नानो’ नामक प्रक्षेपण यान ब्राजिलको अलकान्तारा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार मांगलबार बिहान १० बजेर १३ मिनेटमा प्रक्षेपण गरिएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रक्षेपणपछि यानमा गम्भीर प्राविधिक समस्या देखिएको र त्यसपछि यान टुक्रिएर विस्फोट भएको अनुमान गरिएको छ, जसका कारण मिसन असफल भएको हो।
यस घटनाबारे कम्पनी इनोस्पेसले हालसम्म कुनै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छैन। प्रक्षेपण असफलताको कारणबारे विस्तृत अनुसन्धान हुने अपेक्षा गरिएको छ।

