काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै पक्ष एकजुट हुन आग्रह गरेका छन्। पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीका अवसरमा शुक्रबार बोल्दै उनले आगामी फागुन २१ का लागि घोषणा गरिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अनिवार्य रहेको बताए।
देश विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्र जोगाउनै नयाँ निर्वाचनको घोषणा गरिएको स्पष्ट पारे।
आगामी जनादेशले सुशासन, विकास र समृद्धिको यात्रालाई मजबुत बनाउँदै देशलाई नयाँ दिशातर्फ डोर्याउने विश्वास पनि उनले व्यक्त गरे।

