काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडले दमदार प्रदर्शन जारी राख्दै लेभान्टेलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा रियल मड्रिडका किलियन एम्बाप्पेले दुई गोल गरे भने भिनिसियस जुनियर र फ्रान्को मास्तानटुओनोले एक–एक गोलको योगदान दिए। लेभान्टेबाट एट्टा एयोंगले सान्त्वना गोल फर्काए।
यो जितसँगै रियल मड्रिडको लिगमा लगातार छैटौँ विजय हो। ६ खेलमा १८ अंकसहित मड्रिड शीर्ष स्थानमा यथावत् छ। लेभान्टे भने ६ खेलमा जम्मा ४ अंकसहित १६औँ स्थानमा छ।