काठमाडौँ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा भारि बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुको आंशिक प्रभाव भने कायमै छ।
दिउँसो देशभर साधरणतया बदली रहने विभागले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।