काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बोर्डले बुधबार परिक्षाको तालिका सार्वजनिक गर्दै चैत्र १९ देखि एसइई हुने बताएको हो ।
यसअघि बोर्डले चैतको पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। तर निर्वाचनका कारण परीक्षा मिति सारेर चैत १९ गते तय गरिएको बोर्डले जनाएको छ।
बोर्डद्वारा जारी एसइई परीक्षाको तालिका


