काठमाडौं — स्पेनिस ला लिगामा रियल मड्रिड ले इल्चे लाई ४–१ ले हराउँदै शीर्ष स्थानको बार्सिलोना सँगको अंक दूरी घटाएको छ।
तालिकामा एक खेल कम खेलेको बार्सिलोना ६७ अंकसहित शीर्ष स्थानमा छ भने २८ खेलबाट ६६ अंक जोडेको रियल दोस्रो स्थानमा रहेको छ।
तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड ५७ अंकसहित तेस्रो स्थानमा छ। रियलसँग पराजित इल्चे २७ अंकसहित रेलिगेशन क्षेत्रतर्फ रहेको छ।
रेलिगेशन जोनमा रहेको इल्चेविरुद्ध रियलले पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल गरेको थियो। रियलको जितमा एन्टोनियो रुडिगर, फेडेरिको भाल्भर्डे, डिआन हुइजसेन र आर्दा गुलर ले गोल गरे।
शनिबार राति भएको अर्को खेलमा एट्लेटिको मड्रिड ले गेटाफेलाई १–० ले हरायो। त्यस्तै जिरोना ले एथ्लेटिको क्लब लाई ३–० ले पराजित गर्यो भने रियल ओभिएडो ले भ्यालेन्सिया लाई १–० ले हरायो।

