युवा
अम्बिका वाईवा
युवा भनेको देशको शक्ति हो,
भोलिको उज्यालो सपना हो।
तर आज बढ्दो बेरोजगारीले,
कति सपनालाई रोकिरहेछ बाटोमा।
हातमा सीप छ, मनमा जोश छ,
तर अवसरको खोजीमा भौँतारिन्छ युवा।
परिवारको जिम्मेवारी काँधमा बोकेर,
आफ्नै चाहना दबाउँछ युवा।
घरको खुसीका लागि परदेश जान्छ,
आफ्नो पसिना विदेशी भूमिमा बगाउँछ।
रेमिट्यान्सको भरमा देश चलिरहँदा,
त्यही युवा देशको मेरुदण्ड बन्छ।
समाजको आशा, राष्ट्रको आधार,
युवाको योगदान अमूल्य उपहार।
अवसर देऊ, सम्मान गर,
युवाको सपनालाई आकार देऊ।
किनकि युवा केवल उमेर होइन,
परिवर्तन ल्याउने शक्ति हो।
आजको युवा जोगिए,
भोलिको देश बलियो हुन्छ।

