काठमाडौँ महानगरपालिका वडा नं. २६ सामाखुसी कुमारीटोलमा अवस्थित क्यान्भास वसन्त ॠतु स्कूलले गत चैत्र महिनामा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित SEE Batch २०८२ कक्षा १० को Board परीक्षामा जम्मा ३१ जना विद्यार्थीहरू सहभागी गराएर ९ जना विद्यार्थीको ४ GPA सहित १००% (शतप्रतिशत) नतिजा प्राप्त गरी काठमाडौँ जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। यस विद्यालयको औसत GPA ३•८६ रहेको छ।
SEE परीक्षा २०८२ मा यस क्यान्भास वसन्त ॠतु स्कूलबाट जम्मा सहभागी परीक्षार्थीहरूमध्ये ९ जनाले ४ GPA प्राप्त गरेका छन भने २० जनाले ३•६७ GPA देखि ३•९६ GPA प्राप्त गरेका छन र बाँकी २ जना विद्यार्थीले २•८१ देखि ३•५१ GPA प्राप्त गरेका छन्।
काठमाडौ जिल्लाभित्र यसपटक क्यान्भास वसन्त ॠतु स्कूल को SEE को नतिजा सबैभन्दा सर्वोत्कृष्ट भएको विद्यालयका प्रिन्सिपल भिम बहादुर मल्लले बताएका छन।
विद्यायलयका प्रिन्सिपलले बताए अनुसार यस विद्यालयकाअत्यन्तै मेहनती, अनुशासित र मेधावी विद्यार्थीहरू सिदान्त केसी, मनोज गुरुङ, दीपिका भण्डारी, आस्मा सापकोटा, जेसन राई, रिया बल, मनीष आचार्य, इभिया डंगोल तथा सिजुका देउलाले ४ GPA ल्याउन सफल भएका छन। काठमाडौँ महानगरपालिकामा संस्थागत विद्यालयहरूको तर्फबाट यसै वर्षको BLE परीक्षा २०८२ मा पनि सबैभन्दा उत्कृष्ट नतिजा दिई एउटा अब्बल विद्यालयको रूपमा क्यान्भास वसन्त ॠतु स्कूल आफूलाई स्थापित गराउन सफल भएको छ।
काठमाडौँ महानगरपालिका वडा नं २६ मा अवस्थित यस विद्यालय वि.सं. २०३९ सालमा स्थापना भई आफ्नो स्थापना कालको ४४ औं वर्ष पूरा गर्न सफल भएको छ। “Knowledge is Power” भन्ने नाराका साथ आफ्नो गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै निरन्तर अगाडि बढिरहेको यस विद्यालय आम अभिभावक तथा विद्यार्थीहरूको पहिलो रोजाइ बन्न पुगेको छ।
प्रधानाध्यापक मल्लका अनुसार विद्यालयमा भर्ना अभियान सीमित सिटका लागि सञ्चालन हुने भएकाले छोटो समयमै सिटहरू भरिने गरेका छन् र शैक्षिक सत्र २०८३ को नया विद्यार्थीहरूका लागि भर्ना अभियान बन्द भई सकेको छ ।
अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाहरू, सुविधा सम्पन्न भौतिक पूर्वाधार, आधुनिक पेडागोजी,पर्याप्त खेलमैदान,कमजोर विद्यार्थीमाथीको निरन्तर निगरानी, उपचारात्मक कक्षा , Smart board सहितको Digital class, विद्यालयको आफ्नै Futsal, यी विद्यालयका मुख्य विशेषताहरू हुन ।
विद्यालयको सफलताप्रति खुसी व्यक्त गर्दै यस विद्यालयका प्रधानाध्यापक भिम बहादुर मल्लले उत्कृष्ट नतिजासहित उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई दिनुहुँदै सफल र गौरवपूर्ण आगामी शैक्षिक यात्राको शुभकामना दिनुभएको छ । साथै उहाँले उत्कृष्ट नतिजाको लागि हरदम क्रियाशील शिक्षक, शिक्षिका तथा अभिभावकमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।

