ईश्वरी थापा
ट्रेड युनियनमा कार्यरत महिला र युवाको लागि जलवायु परिवर्तनका असरहरु कम गर्दा हुने कामको न्यायीक रुपान्तरणका लागि ३ दिने क्षेत्रीय स्तरको अनलाइन क्याम्पेनको तालिम ITUC -AP र DTTA एशियाको सह – आयोजनामा MAY 6 देखि 9 ईन्डोनेशियाको जाकार्तामा सम्पन्न भएकोे छ ।
तालिम कार्यक्रमको उदघाट्न सत्रमा Mr.shoya yoshida General Secretary ,TTUC -AP ले अनलाइनबाट Mr.Lotte Ellegaard ,Head of office ,DTTA Asia office र Mr. Evi krishnawati ले कार्यक्रमको उपयोगिताबारे प्रस्ट्याउदै सहभागिताहरुलाई स्वागत गरेका थिए भने उदघाट्न सत्रको सन्चालन Mr. Satoshi Tamai ITUC-AP ले गर्दै सहभागीहरुलाई सहजीकरण गरेका थिए ।
उक्त तालिम कार्यक्रममा अनलाइन अभियान रणनीति ,डिजिटल संसार रणनीति ,कार्यान्वयन र योजना बिकासबारे सदस्यहरुलाई तालिम प्रदान गरिएको थियो ।
तालिममा सहभागीहरूले आ – आफ्नो देशको जलवायु परिवर्तन र न्यायीक रुपान्तरणमा भएको तालिम ,क्याम्पेन,कामको प्रभावकारिता विषयमा प्रस्तुतीकरण गरेका थिए ।
नेपालको तर्फबाट ITUC- NAC को प्रतिनिधित्व गर्दै सुजना जोशीले अहिलेसम्म न्यायीक रुपान्तरणका विषयमा गरिएको अनलाइन क्याम्पेन र न्यायीक रुपान्तरण विषयमा आफ्नो प्रस्तुती दिएकी थिइन् । सदस्य ट्रेड युनियन संस्थाबाट ९ देशका २७ जना सहभागी भएका थिए भने नेपालको तर्फबाट सुजना जोशी (GEFONT ),क्षत्रकला बायक (NTUC ) ,मुकुन्द पन्त (ANTUF ) का सहभागी थिए ।
कार्यक्रम अवधिभर ,तालिमको सहजीकरण Mr. Lotte satishi Tamai ले गरेका थिए । सोही अन्तर्राष्ट्रिय तालिममा करिब ६३ प्रतिशत महिला ३७ प्रतिशत युवाको सहभागिता रहेको थियो ।

