काठमाडौं / राजन थापा —
ॐ समाज डेण्टल अस्पताल ले एकैदिन तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै सेवा–मुखी अभियानलाई अझ सशक्त बनाएको छ। “सडकदेखि सदनसम्म उपचार” भन्ने नारालाई व्यवहारमा उतार्दै संस्थाले स्वास्थ्य सेवाबाट वञ्चित तथा आर्थिक रूपमा कमजोर समुदायसम्म प्रत्यक्ष उपचार पुर्याउने प्रयासलाई तीव्र बनाएको हो। यस अभियानले स्वास्थ्य क्षेत्रमा केवल सेवा मात्र होइन, सामाजिक उत्तरदायित्वको कडा सन्देशसमेत दिएको छ।
काठमाडौंको चाहावेल क्षेत्रमा सम्पन्न शिविरमा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको थियो। शिविरमा उपस्थित एक आमाले गाउँ–गाउँसम्म यस्ता सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै भनिन्, “यस्ता शिविर गाउँसम्म लैजानु जरुरी छ।”
शिविर व्यवस्थापक सन्तोषी केसी ले पनि स्पष्ट रूपमा भन्नुभयो,
“हामीजस्ता आर्थिक रूपमा कमजोर नागरिकका लागि यस्ता शिविर नै वास्तविक सहारा हुन्। अस्पतालसम्म पुग्न नसक्ने अवस्थालाई यसले ठूलो राहत दिएको छ।”
यसैबीच परम आनन्द जीवन योग प्रयोगशाला का अध्यक्ष गौरा कार्की, उपाध्यक्ष दिपक पाण्डे, सचिव नवराज अधिकारी, कोषाध्यक्ष शंकर प्रसाद खरेल तथा सदस्यहरू तारा सापकोटा, पार्वती सापकोटा र रामेश्वर मिश्र ले संयुक्त रूपमा शिविरप्रति सन्तुष्टि व्यक्त गर्दै बताएका छन्,
“आजको शिविरमा आएका डाक्टरहरू अत्यन्त सेवाभावी र दक्ष देखिनुभयो। ‘ॐ समाज डेण्टल अस्पताल’ को नाम सुनेका थियौँ, तर आजको सेवाले यो संस्था साँच्चिकै सेवामुखी रहेछ भन्ने प्रमाणित गर्यो।”
यसै क्रममा बनस्थली शाखाकी प्रमुख सबिना पपन गुरुङ ले शिविरलाई दीर्घकालीन सामाजिक जिम्मेवारीका रूपमा व्याख्या गर्दै भन्नुभयो,
“हामीले परम आनन्द जीवन योग प्रयोगशाला सँग सहकार्य गर्दै सेवामुखी उद्देश्यका साथ औपचारिक रूपमा MOU सम्पन्न गरेका छौँ। यो केवल कागजी सम्झौता होइन, स्वास्थ्य सेवा जनस्तरसम्म पुर्याउने साझा प्रतिबद्धता हो।”
उहाँको भनाइले स्वास्थ्य सेवा अब संस्थागत सहकार्यमार्फत अझ प्रभावकारी रूपमा अघि बढ्ने संकेत गरेको छ। यसैबीच महाेेत्तरि वर्दिवास का शाखा प्रमुख संजिव क्षेत्री ले कडा शब्दमा भन्नुभयो,
“हाम्रो उद्देश्य अस्पतालको चार पर्खालभित्र सीमित रहनु होइन। आर्थिक रूपमा कमजोर नागरिकसम्म पुगेर उपचार सहज बनाउनु नै हाम्रो वास्तविक जिम्मेवारी हो।”
योग क्षेत्रबाट पनि शिविरप्रति सकारात्मक प्रतिक्रिया आएको छ। आनन्द बस्नेत ले भन्नुभयो,
“हामीले यस्ता शिविर धेरै गरेका थियौँ, तर आज ॐ समाज डेण्टल अस्पतालले गरेको शिविर विशेष रूपमा व्यवस्थित र प्रभावकारी रह्यो। हाम्रो योग परिवार अत्यन्त खुसी छ।”
त्यसैगरी रामहरि न्यौपाने ले पनि सामाजिक कार्यप्रति जोड दिँदै भन्नुभयो,
“हामीले यस्ता सामाजिक कामहरू निरन्तर गर्दै आएका छौँ। सेवा गर्नु हाम्रो दायित्व हो, कार्यक्रम मात्र होइन।”
लामाबगर, नेपालटार क्षेत्रमा सञ्चालन भएको शिविरमा डा. सरिस्मा शर्मा र डा. संकृप सिग्देल ले सेवा प्रदान गर्नुभएको थियो भने सहायकका रूपमा जुनु पण्डित र रिता नेपाली को सक्रिय सहभागिता रहेको थियो। सम्पूर्ण व्यवस्थापन सबिना पपन गुरुङले सम्हाल्नुभएको जनाइएको छ।
बरिष्ठ सर्जन डाक्टर सुवास घिमिरे ले स्वास्थ्यप्रति चेतावनीपूर्ण सन्देश दिँदै भन्नुभयो,
“रोग लागेपछि उपचार खोज्नु हाम्रो कमजोरी हो, तर रोग नलाग्ने वातावरण बनाउन सक्नु नै वास्तविक स्वास्थ्य नीति हो।”
शिविरमा योग, ध्यान, स्वास्थ्य परामर्श, दन्त परीक्षण लगायतका सेवा प्रदान गरिएको थियो। विशेषगरी पहुँचविहीन र आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गर्दै सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले स्वास्थ्य सेवा विस्तार मात्र होइन, सामाजिक चेतनामा समेत गहिरो प्रभाव पारिरहेका छन्।
समग्रमा, ॐ समाज डेण्टल अस्पताल र परम आनन्द जीवन योग प्रयोगशाला बीचको सहकार्यले स्वास्थ्य सेवालाई सामाजिक आन्दोलनको रूप दिएको छ। याेग गुरु रामहरि न्याैपाने भन्नुहुन्छ यस्ता शिविरहरूले तत्काल राहतसँगै दीर्घकालीन रूपमा समान स्वास्थ्य पहुँचको कडा सन्देश प्रवाह गरेका छन् हाम्रो सिविरले अाज ५ बर्ष का देखि ८९ बर्षका बुढावुढि काे उपचार गराएर पुण्य कमाएका छाै।

