नेपाल सुनचाँदी कला व्यवसायी संघको दसौँ अधिवेशन तथा २४औँ साधारण सभा सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्ष पदमा बालकुमार विश्वकर्मा (सुमन) अत्यधिक बहुमतका साथ विजयी हुनुभएको छ। उहाँसँगै निर्वाचित सम्पूर्ण कार्यसमिति टोलीलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
सुनचाँदी कला व्यवसाय केवल व्यापार मात्र नभई नेपालको मौलिक कला, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले संघको नयाँ नेतृत्वबाट व्यवसायीहरूको हकहित संरक्षण, सीप विकास र पेशागत मर्यादा कायम गर्न प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ।
नवनिर्वाचित अध्यक्ष विश्वकर्माको नेतृत्वमा संघले सुनचाँदी व्यवसायीहरूको समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण तथा सरकार र सम्बन्धित निकायसँग समन्वय गर्ने विश्वास गरिएको छ। संघले महासंघ र सरकारबीच सहकार्यको पुलको रूपमा काम गर्दै व्यवसायीका आवाजलाई नीति निर्माण तहसम्म पुर्याउने अपेक्षा गरिएको छ।
टपटेन खबरका सम्पादक तथा सम्पूर्ण टिमले अध्यक्ष बालकुमार विश्वकर्मा (सुमन) लगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
आगामी दिनमा नेपाल सुनचाँदी कला व्यवसायी संघले नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै व्यवसायीहरूको आर्थिक, सामाजिक तथा व्यावसायिक उन्नतिका लागि उदाहरणीय कार्य गर्ने विश्वास लिइएको छ। नयाँ नेतृत्वको कार्यकाल उपलब्धिमूलक, प्रभावकारी र व्यवसायीमैत्री बनोस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ।
Previous Articleआइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
Next Article भारतलाई छैटौं पटक साफ महिला क्याम्पियनसिपको उपाधी

