नन्दलाल खरेल
मन्त्रीलाई आइफोन, गरीबलाई डोजर
मन्त्रीको हातमा चम्किलो आइफोन,
गरीबको घरमा गर्जिन्छ डोजरको स्वर।
उता प्रविधिको सुविधा,
यता सपना माथि प्रहार।१।
एकातिर विलासिताको उत्सव,
अर्कोतिर आँसुको बजार,
यही हो हाम्रो समयको चित्र,
जहाँ पीडा हुन्छ समाचार।२।
म हाँस्न चाहन्छु नेपाललाई,
तर हाँसोभित्र लुकेको छ चोट,
जब सिंहासनमा सुखको उज्यालो,
गल्लीमा अँध्यारोको रोड ।३।
समानताको गीत गाइन्छ,
तर बाटो हुन्छ फरक-फरक,
कसैलाई उपहारमा आइफोन,
कसैलाई घरमाथि डोजरको धक्का।४।
म नेपाल हाँसेको हेर्न चाहन्छु,
जहाँ हाँसो सबैको साझा होस्,
मन्त्री र गरीबबीचको दूरी मेटियोस्,
न्यायको उज्यालोले देश रोशन होस्।५।

