काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले आज देशका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गर्ने भएका छन्। छलफल आज (सोमबार) दिउँसो १२ बजे सिंह दरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाईएको हो।
प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई बैठकमा बोलाइएको छ। बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे केन्द्रित भएर विमर्श हुने जनाइएको छ। साथै तत्काल समाधान गर्न सकिने विषयहरूमा पनि छलफल गरिनेछ।
छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति सहभागी हुनेछन्।
त्यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका प्रतिनिधिहरू उपस्थित रहनेछन्।
यसै गरि बैठकमा नास्ट, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू सहभागी हुनेछन्।

