काठमाडौं । सरकारले विदेशमा कार्यरत १५ जना अवैतनिक वाणिज्यदूत तथा वाणिज्यदूत–जनरललाई पदमुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनरेरी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरिएको हो ।
सरकारको यो निर्णयसँगै विभिन्न मुलुकमा नेपालका तर्फबाट अवैतनिक रूपमा कूटनीतिक तथा वाणिज्य प्रतिनिधित्व गर्दै आएका ती पदाधिकारीहरूको जिम्मेवारी अन्त्य भएको छ ।

