ईश्वरी थापा
काठमाडौ ।नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आवद्ध नेपाल गृहश्रमिक ट्रेड युनियन हुनले चैत्र २१ गते चौथो अधिबेशन भव्य रुपमा सम्पन्न गरेको छ ।
चन्द्र सागर लामाको अध्यक्षतामा सम्पन्न अधिबेशनले ज्ञानुमाया क्षेत्रीको अध्यक्षतामा १७ सदस्य केन्द्रीय कमिटी र प्रतिनिधि परिषद् प्रमुखमा चन्द्रसागर लामा निर्वाचित गरेको छ ।
उक्त अधिवेशन कार्यक्रम अन्तर्राष्ट्रिय ट्रेड युनियन समन्वय केन्द्र ,आईटीयुसीन्याक तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौ स्थित होटल कृस्टल पशुपति ,पिङ्गलास्थानमा सम्पन्न भएको हो ।
कार्यक्रमको समुद्घाटन गर्नुहुदै प्रमुख अतिथि बिनोद श्रेष्ठले नेपालमा घर आधारित श्रमिकको अधिकारका लागि `हुन´ ले गर्दै आएको महत्त्वपूर्ण कामहरुको प्रसम्सा गर्दै अब आउने नयाँ कार्य समितिले अझै प्रभावकारी काम गर्ने बिश्वास सहित शुभकामना मन्तब्य व्यक्त गर्नुभयो ।
श्रेष्ठले बदलिँदो राजनीति परिस्थितिमा युनियनलाई सशक्त ढङ्गले अगाडि बढाउन सकिएन भने बिगतबाट प्राप्त अधिकार पनि गुम्न सक्ने बताउदै शक्तिशाली युनियन आजको आवश्यकता भएको बताउनु भयो ।
त्यसैगरी ,हुन संस्थापक अध्यक्ष तथा बागमती प्रदेश उद्योग वाणिज्य भूमि प्रशासन मन्त्री; बिन्दु श्रेष्ठ, जिफन्ट उपाध्यक्ष ;सीता लामा , जिफन्ट महासचिव ;लक्ष्मण शर्मा ,क्युपेक केन्द्रीय अध्यक्ष ;शान्ता कार्की,आईडीडब्लुएफ ( IDWF) का एशिया प्रशान्त संयोजक फिस आईपी,आईडीडब्लुएफ (IDWF) का उपाध्यक्ष र महासचिवले भिडियो सन्देश मार्फत गृह श्रमिकहरुमा शुभकामना मन्तव्य दिनुभएको थियो ।

