काठमाडौं । नेपाल सुनचाँदी शिल्प व्यवसाय सङ्घको १६ औँ साधारण सभा, नयाँ वर्ष २०८३ को क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न क्षेत्रका अतिथिहरू, पत्रकार तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सबैले नयाँ वर्ष २०८३ को अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्दै शिल्प व्यवसायको विकास र प्रवर्द्धनका विषयमा सकारात्मक धारणा व्यक्त गरेका थिए।
सङ्घका अध्यक्ष केशवबहादुर सुनारले कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण अतिथि, पत्रकार तथा व्यवसायी मित्रहरूलाई विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि शिल्प व्यवसायीहरूको हकहित, संरक्षण र व्यवसाय प्रवर्द्धनमा सङ्घ प्रतिबद्ध रहने बताए।
कार्यक्रममा क्यालेण्डर विमोचनसँगै सांस्कृतिक तथा औपचारिक गतिविधिहरू समेत सम्पन्न भएका थिए।

