काठमाडौं । कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायी संघको तेस्रो अधिवेशनले प्रदीप विश्वकर्मालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। व्यवसायीहरूको साझा हित, एकता र संस्थागत विकासलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरिएको हो।
अधिवेशनबाट निर्वाचित अध्यक्ष विश्वकर्मासहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले सुनचाँदी व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक समस्या समाधान र संघलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुनचाँदी क्षेत्रका व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा व्यवसायमा देखिएका चुनौती, आगामी रणनीति तथा संगठन विस्तारका विषयमा गहन छलफल गरिएको थियो।
संघका निवर्तमान अध्यक्ष बुद्धी गदालको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव सागर सेन्चुरीले सञ्चालन गर्नुभएको थियो।
नवनिर्वाचित अध्यक्ष प्रदीप विश्वकर्माको नेतृत्वमा कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायी संघले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरिएको छ।

